सेनेगल पोल्यान्डविरुद्ध विजयी,

मस्को, /  विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ ।

पोल्यान्डका डिफेन्डर  सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन् ।


प्रतिक्रिया दिनुहोस्