इजिप्टलाई हराउदा आयोजक रसिया नकआउट चरणमा

पिटर्सवर्ग, / विश्वकप समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टलाई ३-१ ले हरएको छ ।

रसियाको लागि दोस्रो हाफको ४७ औं  मिनेटमा अह्मेद फथ्री ,  ५९औं मिनेटमा चेर्य्शेव  र  ६२ औं  मिनेटमा द्ज्युबाले गोल गरे, । इजिप्टको लागि मोहमेद सलह ७३ औं मिनेटमा एक गोल फर्काएका थिए । समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पराजित गर्दै ६  अंकसहित नकआउट चरणमा पुगेको छ ।  साउदीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दा म्यानेजर स्टानिस्लाभ चेर्चेसेभले दुई खेलाडीलाई सुपर सब गरेका थिए,।

सलाहलाई चोटका कारण उरुग्वेविरुद्धको खेल गुमाएका स्टार खेलाडी मोहम्मद सलाहको पुनरागमनले इजिप्ट बलियो बनेको थिए , तर  १ गोअल मात्र गर्न सफल भए, खेलमा फर्कान सकेन । इजिप्ट दुइ खेलमा अंक बिहिन छ , एक खेल खेलेर विश्वकप बाट बाहिरिनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्