सप्ताहव्यापी लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईदै

अरुण पोष्ट संबाददाता

ताप्लेजुङ, ६ असार / जुन २६ तारीख असार १२ गते पर्ने “लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस” ताप्लेजुङमा आज बाट सुरु हुदैछ ।

                                                            तस्विर: पदम श्रेष्ठ

विहान ११ बजे सदरमुकाम स्थित विरेन्द्र चोकमा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी. जिल्ला समन्वय समितीका प्रमुख घनेन्द्र मादेन फुङ्लिङ नगरपालिका प्रमुख छत्रपती प्याकुरेल उप प्रमुख बमबहादुर भट्टराई जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल लगात स्थानियको उपस्थितीमा एक औपचारीक कार्यक्रम गरी सप्ताहव्यापी अभियानका उद्घाटन गरीएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस बर्ष यो दिवसलाई सप्ताहव्यापी विभीन्न्न कार्यक्रम गरी मनाईने निर्णय भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज असार ६ गते बाट १२ गते सम्म जिल्ला भरमानै विभीन्न जनचेतना मुलक कार्यक्रम गरी मानाईदैछ ।

                                                          तस्विर: पदम श्रेष्ठ

सचेतना मुलक कार्यक्रम अन्र्तगत जिल्लाका सम्पूर्ण स्थानिय तहलाई लागु औषध विरुद्धको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्न लगाउने, तिन ओटै स्थानिय (एफएम)बाट हप्ताभरी नै लागु औषध विरुद्ध सचेतना मुलक शन्देश प्रसारण गर्ने, यस हप्ता भरी नै जिल्लाका माध्यमिक तथा क्यापसहरुमा लागु औषध विरुद्धको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्न लगाउने, जिल्ला प्रहरी कार्यलय र जिल्ला स्वास्थ्य कार्यालयबाट लागु औधष विरुद्धको शन्देश दिने प्रवाहको लागी पर्चा/पोस्टर पम्प्लेट वितरण गरीने, महिला स्वम सेविकाहरुलाई हप्ताभरी नै प्रत्येक टोलटोलमा लागु औषध विरुद्ध सचेतना मुलक शन्देश प्रवाह गर्न लगाउने, जिल्ला प्रहरी कार्यलयबाट गाँजा खेतीको पहिचान गरी नष्ट गर्ने, असार ११ गते साझ ७ :३० मा सदरमुकाम स्थित विरेन्द्र चोकमा लागु औषध विरुद्ध सञ्चालन गर्ने र १२ गते विहान ७ बजे सदरमुकाम स्थित विरेन्द्र चोकमा विद्यार्थी, स्थानिय महिला स्वम सेविका,निजामती कर्मचारी एवम स्थानिय ब्यक्तिहरु भेला भई प्लेकार्ड सहित प्रभात फेरी  गरीने लगायतका कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गरीने प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी.ले जानकारी दिनभयो ।


प्रतिक्रिया दिनुहोस्