श्वेता तिवारीकी छोरी पलकको बलिउड डेब्यू रोकियो

यतिबेला कयौं स्टार किड बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेका छन्। जाह्नवी कपुर र साना अली खानको चर्चापछि टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक पन िचाँडै ठूलो पर्दामा देखिँदैछिन्। पलक मात्र १७ वर्षकी भइन्। तर, इन्स्टाग्राममा उनका फ्यान लाखौं छन्। धेरै समय अघिदेखि श्वेता तिवारीकी छोरी ‘तारे जमीन पर’ फेम अभिनेता दर्शील सफारीसँग ‘क्विकी’ नामको फिल्मबाट बलिउडमा डेब्यू गर्ने चर्चा थियो। तर नयाँ अपडेट अनुसार पलकलाई काँचको पर्दामा हेर्न उनका फ्यानले धेरै समय कुर्नुपर्ने भएको छ।

छोरीको बलिउड डेब्यूलाई लिएर श्वेता तिवारीले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘विगत केही महिनादेखि मलाइ पलकको ‘क्विकी’ बाट डेब्यू गर्ने विषयलाई लिएर धेरै प्रश्न आउने गरेका छन्। हामी स्वयं पनि चाहन्थ्यौं की पलक ‘क्विकी’ बाट आफ्नो करियरको सुरुवात गरुन्। तर यो प्रक्रिया निकै लामो थियो र पलकको अहिले १२ औं कक्षाको पढाइ सुरु भएको छ।’ श्वेताले अगाडि लेखेकी छन्, ‘ हामीले पलकलाई यो फिल्मबाट अगल गर्दा राम्रो हुने योजना बनाएका छौं। किनभने यो समय पलकको पढ्ने बेला हो। मलाइ यस्तो फैसला दिनु पर्दा दुख लागेको छ। तर म के भरोसा दिलाउँछु भने पलक चाँडै बलिउडमा डेब्यू गर्छिन्।’

पलकको जन्म ८ अक्टोबर २००० मा भएको हो। उनी श्वेता तिवारी र श्वेताका पहिला श्रीमान राजा चौधरीकी छोरी हुन्। राजा चौधरीसँगको ९ वर्ष पुरानो सम्बन्ध समाप्त गरेर श्वेताले अभिनव शुल्कासँग दोस्रो विवाह गरेकी छन्। उनको एक छोरा पनि छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्