उरुग्वे विश्व कपको नकआउट चरणमा

रोस्तोभ, /  विश्व कप समूह चरणको दोस्रो खेलमा उरुग्वेले  साउदी अरेबियालाई १–० ले हरएको छ ।

पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाएको छ । समूह एमा हिजो भएको खेलमा इजिप्टलाई हराउँदै आयोजक रसिया नकआउट चरणमा पुगिसकेको छ । इजिप्ट, मोरोक्को पछि साउदी अरेबिया विश्व कपबाट बाहिरिने तेस्रो राष्ट्र हो ।

लुइस स्वारेजको गोलबाट उरुग्वे आजको खेलमा अग्रता लिएको थियो । उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्