मोरक्को विरुद्ध रोनाल्डोको गोलमा पोर्चुगल विजयी

काठमाडौं / विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा पोर्चुगल विजयी भएको छ । अफ्रिकी टोली मोरक्कोविरुद्ध पोर्चुगलले जित दर्ता गरेको हो ।पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध गोल गरे । त्यही गोल नै निर्णयक बन्यो । मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो ।उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए । इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।


प्रतिक्रिया दिनुहोस्