स्पेनसँग इरान पराजित

काजान, /  विश्व कप समूह बी अन्तर्गत स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

इरानलाई १–० को अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो ।५४ औं मिनेटमा डिएगो कोस्टाले गोल गरेका थिए ।

 

उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् । सन् २००६ को विश्व कप पछि लगातार दुई खेलमा गोल गर्ने कोस्टा पहिलो स्पेनिस खेलाडी बनेका छन् ।मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् ।

स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानको सामना गर्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्