विश्वकप खेलाडीको गर्भ बोक्ने महिलालाई ४७ लाख रुपैयाँ उपहार

रुसमा आयोजना भइरहेको विश्वकप २०१८को क्रममा रुसी महिलालाई होच्याउने खालका प्रवृतिहरू प्रति रुसी मिडिया आलोचक देखिएका छन् । यस्ता आलोचना बढेपछि बर्गर किंग फुड चेनले आफ्नो भनाइ प्रति माफी मागेको छ । बर्गर किंगले विश्वकपका खेलाडीको गर्भ बोकेमा रुसी महिलालाई ३०लाख रुबल तदनुसार ४७ हजार अमेरिकी डलर बराबरको पुरस्कार दिने भनाइका लागि माफी मागेको छ ।

बर्ग किंगले त्यतिमात्रै होइन त्यस्ता महिलालाई हुपर बर्गर जीवन भर निशुल्क उपलब्ध गराउने समेत प्रस्ताव गरेको थियो । यसो गर्नुको पछाडि आउँदा दिनमा रुसी फुटबल टोलीको जीनमा प्रबद्र्धन गर्नु रहेको भनिएको थियो । यो प्रबद्र्धनको व्यापक विरोध भएपछि कम्पनीले त्यसलाई हटाउनु प¥यो । महिलावादीले यो हाम्रो समाजको पहिचानको प्रत्यक्ष प्रतिबिम्ब भएको जनाएकी छिन् । विज्ञापन र मिडियामा रुसी महिलालाई सेक्स वस्तुको रूपमा प्रस्तुत गरिएको विषयवस्तुको व्यापक विरोध भएको देखिएको हो । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्