विश्व कपमा आजका खेलहरु

सामारा, / रसिया विश्व कपको सातौं दिन । विश्व कपमा आज बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ ।

समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियाले एकअर्काको सामना गर्नेछन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । फ्रान्स र डेनमार्कले पहिलो खेल जितिसकेकाले आजको खेल जित्न सके नकआउट चरणमा पुनेछ ।

दाबेदारका मध्ये एकका रुपमा हेरिएको लियोन मेस्सीको अर्जेन्टिनाले पनि अर्को चरण प्रवेशका लागि आजको खेलमा सफल नतिजा निकाल्नुपर्ने हुन्छ । अर्जेन्टिना अनेपिक्षित रुपमा पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियाले भने पहिलो खेल जितेको थियो ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका

७ आषाढ २०७५

(साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह)
(राती ११ः४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

एजेन्सी


प्रतिक्रिया दिनुहोस्