मोड्लिङ्ग क्षेत्रमा सिंगो नेपालको नेतृत्व गर्ने अनिता यसरी परिन् बेलायती नायकको प्रेममा (भिडियो सहित)

काठमाण्डौं, ८ असार । नेपालको हिमाली जिल्ला ताप्लेजुङमा जन्मेर सुनसरिको इटहरिमा हुर्केकी अनिता लिम्बु हाल बेलायत बसेर मोड्लिङ्ग क्षेत्रमा सिंगो नेपालको नेतृत्व गर्दै अघि बढिरहेकी छिन् । उनले थुप्रै म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छिन् । मोडलिङमा सानैदेखि रुचि राख्ने लिम्बूको मोडलिङ यात्रा भने सन २०१६ बाट सुरु भएको हो । दुई बर्षको छोटो समयको अन्तरालमै बेलायत जस्तो देशको मोडलिङ क्षेत्रमा सहभागी जनाउन पाएकोमा आफू भाग्यमानी साथै खुसि रहेको बताउँछिन् ।

८ बर्ष अघि सन् २०१० मा अध्ययनको सिलसिलामा उनी बेलायत पुगेकी उनी हाल स्विनडेन बस्दै आएकी छिन् । नेपालमै प्लस टु सम्मको अध्ययन सकेर बेलायत पुगेकी उनले बेलायतमा ब्युटी थेरापीको अध्ययन सकेर हाल यो पेशामा समेत आवद्ध छिन् । त्यसैगरि उनले बेलायतमा भएको बिभिन्न फेसन सोहरुमा समेत क्याट वाक गसिकेकी छिन् । बेलायतको सेन्ट्रल लन्डनमा सम्पन्न भएको लन्डन फेसन वीकमा नाम दिइएको शोमा अनिताले क्याट वाक गरेकी हुन् । लन्डन स्थित हिल्टन वाल्डरोफ होटलमा आयोजना गरिएको उक्त फेसन वीकमा मोडल अनिताले चर्चित चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवेमा उत्रेकी थिइन् । सो कार्यक्रमको आयोजना लन्डन स्थित डिजाइनरहरुले गरेका थिए ।

उक्त फेसन वीकमा अनिता लिम्बूसँगै अडिसन राउण्ड पार गरेर दुई दर्जन मोडलहरुले सहभागी जनाइएका थिए । यसअघि लन्डनको होटल क्लेटनमा आयोजना गरिएको ‘एसएम ग्लोबल क्याटवाक लन्डन फेसनवीकमा पनि लिम्बुले क्याट वाक गरिसकेकी छिन । उक्त शोमा अमेरिकीका चर्चित सेलिब्रेटी डिजाइनर जेफ गार्नरका डिजाइन समेत सहभागि भएका थिए। पछिल्लो समयमा अनिताले गायक राजेशपायल राई र गायिका अमृता लिम्बुको स्वरमा रहेको ‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियोमा समेत अभिनय गरेकी छिन् । भर्खरै सार्वजानिक भएको उक्त भिडियोमा ज्याक र अनिताको अनस्क्रिन रोमान्सलाई हेर्न सकिन्छ । उक्त म्युजिक भिडियोको छायांकन बेलायतको चर्चित शहरहरुमा भएको मोडेल लिम्बूले जानकारी जानकारी गराए ।

यस भिडियोको कथावस्तु,अनिता बेलायती नायक ज्याक आर्मस्टङको प्रेममा परेकी हुन्छिन्। एक क्याफेमा भेट भएपछि मौलाएको उनीहरुको प्रेममा उनीहरु रमाइरहेका हुन्छन् । गायक राजेशपायल राई र गायिका अमृता लिम्बुको स्वरमा रहेको ‘बिस्तारै बिस्तारै’ बोलको गीतमा जानु काम्बाङको शब्द र शिखर सन्तोषको संगीत रहेको छ भने भिडियोमा अमृत गुरुङको निर्देशन रहेको छ । गल्यामर क्षेत्रमा स्थापित लिम्बू सांगीतिक क्षेत्रमा समेत निरन्तर छिन् । उनले आफ्नै आवाजमा रहेको गीतमा समेत अभिनय गरेकी छिन् भने नेपाल आउदा अन्य म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् ।  लोकेश लिबाङ लिम्बू

                                                                                        ‘बिस्तारै बिस्तारै     भिडियो

 

http://https://www.youtube.com/watch?feature=share&v=NYd3bH28v1Q&app=desktop


प्रतिक्रिया दिनुहोस्