मौका मिले हस्तमैथुन गर्छु : अभिनेत्री किश्वर

काठमाडौं, ७ असार । वीरे दि वेडिङ’ हालै प्रदर्शित फिल्म मा हस्तमैथुन सिन दिएर विवादमा आइन् अभिनेत्री स्वरा भास्कर । सामाजिक सञ्जालमा उनको निकै ट्रोल भयो ।

यद्यपि स्वराको हिम्मतको प्रशंसा गर्नेहरुको जमात पनि सानो छैन । जसमध्ये एक हुन् नयाँ अभिनेत्री अभिनेत्री किश्वर मर्चेन्ट । उनी स्वरा भास्करको हस्तमैथुन सिनबाट निकै प्रभावित छिन् । र, आफूले पनि मौका पाएमा यस्तो सिन दिने इच्छा व्यक्त गरेकी छन् ।

स्पट व्वाईका लागि दिएको अन्तरवार्तामा किश्वरले भनिन्, ‘स्वराले यो सिन निकै राम्रोसँग निभाएकी छन् । मलाई लाग्दैन कि उनले भन्दा राम्रो मैले गर्न सक्थेँ । उनर्लाइ म सलाम गर्छु । यो सिन कत्ति पनि भल्गर छैन । बरु रमाइलो छ ।’ उनले अगाडि थपिन्, ‘मलाई अहिलेसम्म यस्तो प्रस्ताव त आएको छैन । तर कुनै फिल्ममा हस्तमैथुन सिन गर्नु पर्‍यो भने खुशी साथ तयार हुनेछु । हामी कलाकारहरुले फिल्मको कथाले मागेको कुरा दिनलाई आनाकानी गर्नु हुन्न ।’

स्वरा भास्करले आफूले दिएको हस्तमैथुन सिन महिला शशक्तिकरणका लागि भएको दावी गर्दै आएकी छन् । यद्यपि, यो बैंककमा यो सिन खिच्ने बेला उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन अश्लिल ढंगले प्रस्तुत नगर्न आग्रह गरेकी थिइन् । हस्तमैथुनको सुटिङ गर्दा निकै लाज लागेको उनले बताएकी छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्