दीपिका र रणवीरको विवाह नोभेम्बर १० लाई तय

काठमाडौं / लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्यौलमा बस्ने दिन सकिएका छन् । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरुको आइरहे पनि अब भने विवाहको मिति अन्ततः टुंगो लागेको छ ।

अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ ।केही हप्ता अगाडि दुवैले नोभेम्बर १० मा विवाह गर्न लागेको हल्ला चलेको थियो । अहिले त्यो हल्ला सही सावित भएको छ । खबरहरुका अनुसार विवाहको मितिका टुंगो लगाउन धेरै समय लागेको थियो । किनकी रणवीर सिंह र दीपिका आफ्नो विवाह एकदमै व्यवस्थित तथा सही तरिकाले सम्पन्न होस् भन्ने चाहन्छन् । रणवीर दीपिकाका साथै घर परिवारका सदस्यहरुको लागि समेत नोभेम्बर १० को मिति अनुकुल हुने भएकाले यो जोडीले उक्त मिति रोजेका हुन । विवाहको मिति केही हप्ता अगाडि मात्रै टुंगो लागेको बताइएको छ ।

विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले पनि इटालीमा विवाह गरेर भारतमा रिसेप्सन राखेका थिए । दीपिका रणवीरले पनि विरुष्काकै बाटो पछ्याउन सक्ने सम्भावना पनि रहेको छ ।

दीपिका र रणवीरको परिवारले राजस्थानको उदयपुरमा रहेको दरबारमा विवाह गर्ने सोच बनाएका थिए तर उक्त योजना पूरा हुन सकेन । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला भइरहेको विवाहलाई लिएर निकै उत्साहित छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्