अर्जेन्टिना विरुद्ध क्रोएसिया विजयी

नोभगोरोड, / विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा आज क्रोएसियाले अर्जेन्टिनालाई ३ – ० ले हराएको छ ।

पहिलो हाफमा गोल गर्न नसकेका दुवै टोली दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले गोल गरे । त्यस्तै ८० औं मिनेटमा लुका मोड्रिचले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम मिनेटमा इभान राकिटिचले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई निराश पारे ।

यससंगै क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ । अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ । आइसल्यान्ड र अर्जेन्टिनाको समान १-१ अङ्का छ, आइसल्यान्डले एक खेल खेल्न बकी छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्