विश्व कपमा आजका खेलहरु, ब्राजिल दबाबमा

मस्को, / रसियामा जारी विश्व कपमा पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ ।

आजै अन्य खेलमा नाइजेरियाले विरुद्ध आइसल्यान्ड र सर्बियाले विरुद्ध स्वीट्रल्यान्डको सामना गर्नेछ । समूह ‘डी’मा रहेको आइसल्यान्डले पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकिएको थियो ।क्रोएसियाले नाइजेरियालाई २–० हराएको थियो ।

समइ ‘इ’मा पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको खेलमा जसरी लियोनल मेस्सीमाथि बढी आशा गरिएको थियो, ब्राजिलको खेलमा पनि नेयमारसँग त्यस्तै खेलको अपेक्षा गरिएको हुन्छ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका

८ असार, २०७५

बेलुका ५ः४५ – ब्राजिलविरुद्ध कोस्टारिका, पाँचौं समूह
राति ८ः४५ – नाइजेरियाविरुद्ध आइस्ल्याण्ड, चौथो समूह
राति ११ः४५ – सर्बियाविरुद्ध स्विट्जरल्याण्ड, पाँचौं समूह

एजेन्सी


प्रतिक्रिया दिनुहोस्