संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल जारी (लाइभ)

 

काठमाडौं,८ असार। विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहान ११ बजे देखि बैठक जारी छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार आज ५ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि छलफल हुनेछ।

प्रतिनिधि सभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको महासचिव भट्टराईले जानकारी दिए।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, मीन बहादुर विश्वकर्मा, सञ्जय कुमार गौतम, गगन कुमार थापा, मिनाक्षी झा र भीमसेनदास प्रधानले मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ।

आज अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकसमेत बस्दैछ।

लाइभ


प्रतिक्रिया दिनुहोस्