काश्मीरमा दुई पक्षबीच गोली हानाहान हुँदा ६ जनाको मृत्यु

श्रीनगर, काश्मीर / भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन्। मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एक जना आम नागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा भएको झडपका क्रममा अरू कैयौँ व्यक्ति घाइते भएका छन्। श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा घटना भएको अधिकरीहरुले बताएका छन्। स्थानीय एक वरिष्ठ प्रहरी अधिकृतले प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको पुष्टी गर्दै आम नागरिक एक जना र चार जना लडाकू मारिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्