एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

बेलबारी / सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,खुल्लादिशाुमत्त नगर घोषणा गर्ने तयारी गरिएको एउटा नगरपालिकामा एउटा पनि सार्बजनिक शौचालय छैन भन्दा,तरपनि यो सत्य नै हो की मोरङको बेलबारी नगरपालिका जहाँ एउटा पनि शौचालय निर्माण भएको छैन ।

नगरपालिकाले यहि असार १० गते बेलबारी नगरपालिकालाई खुल्ला दिशामुत्त शहर घोषणा गर्ने तयारी गरेको छ । तर नगरमा अहिलेसम्म एउटा पनि सार्बजनिक शौचालय निर्माण गरेको छैन । बेलबारी ३ मा रहेको एउटा सार्बजनिक शौचालय पनि पुर्बपश्चिम सडक ८२.५ फिट कायम गर्ने क्रममा भत्एिकपछि सिंगो नगर शौचालयबिहिन बनेको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा बेलबारी ३ र बेलबारी १० मा सार्बजनिक शौचालय निर्माण गर्ने भनी निति,बजेट तथा कार्यक्रममा समेटेको छ,तरपनि निर्माण अगावै नगरलाई भने खुल्ला दिशामुत्त घोषणा गर्ने तयारीमा जुटेको देख्दा नगरबासीहरु आश्चर्यचकित भएका छन ।

बेलबारी नगरमा दैनिक रुपमा सरकारी कामकाज गर्न,हटिया भर्न र किनमेलका लागी मात्र ५ सय बढी बाह्य मानिसहरु भित्रिने गरेका छन । तर उनीहरुका लागी दिशा र पिसाव लागेमा कि त चिनेका मानिसहरुको शरण लिनुपर्छ यदि त्यसो हैन भने खोलाको बगरमा,पुलको मुनि र जंगलमा जानुको बिकल्प नै छैन । यस्तो अबस्थामा खुल्ला दिशापिसाव मुत्त क्षेत्र घोषणा गरिनु हास्यास्पद भएको स्थानीय केही नगरबासी बताउँछन ।

कम्तिमा एउटा सार्बजनिक शौचालय मात्र भएपनि सहज हुने स्थानीयहरु बताईहेका बेला नगरपालिका भने खुल्ला दिशामुत्त नगर घोषणा गर्न आत्तिएको छ । बेलबारी नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल भने सार्बजनिक शौचालय एउटा सुचक भएपनि खुल्लादिशामुत्त घोषणा गर्न त्यसले नरोक्ने बताउँछन । आगामी बर्षमा शौचालय निर्माण गरिने कार्यक्रम रहेको भन्दै उनले सबै घरघरमा शौचालय निर्माण भईसकेका कारण खुल्लादिशामुत्त घोषणा गर्न लागिएको बताए ।

छिमेकी सुन्दरहरैचा नगरपालिका जहाँ ब्यबस्थित शौचालय निर्माणको अबधारणा अघि सारिएको छ । तर पनि बेलबारी नगरले भने हचुवाको भरमा खुल्ला दिशामुत्त नगर घोषणा गर्न लागेको स्थानीयको बुझाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्