विश्व कपमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली

कलिनइनग्राड, / जारी विश्व कप  समूह ( इ ) मा स्वीट्जरल्यान्डले सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ ।  सेकिरीले निर्णायक गोल गरे , ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको थिए । स्वीट्रल्यान्डको जिपछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक छ । कोस्टा रिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टा रिकाको सामना गर्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्