विश्व कपमा आजका खेलहरु, जर्मनी दबाबमा

काठमाडौं, / आज विश्वकपका ३ खेल खेलिंदै छन्, समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ एक का एक खेल हुनेछन् ।

 

विश्वकप समूह एफमा जर्मनीविरुद्ध स्वीडेन, दक्षिण कोरियाविरुद्ध मेक्सिको र समूह ‘जी मा बेल्जियमविरुद्ध ट्युनिसियाको खेल खेलिंदै छ । मेक्सिकोसँग साविक विजेता जर्मनी १-o ले पराजित भएको थियो ।
३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो ।

खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको हो । बेल्जियम ले पनि ३ अङ्का प्राप्त गरिसकेको छ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल

बेलुका ५ः४५ – बेल्जियमविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ८ः४५ – दक्षिण कोरियाविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – जर्मनीविरुद्ध स्वीडेन, छैटौं समूह

 


प्रतिक्रिया दिनुहोस्