बेल्जियमको नजर नकआउट चरणमा,मेक्सिकोलाई कोरिया चुनौती

मस्को, / फिफा विश्वकप समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकालेको बेल्जियम ट्युनिसियालाई पनि पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । खेल साँझ ५ः४५ बजेपछि शुरु हुनेछ

अघिल्लो खेलमा दुई गोल गरेका स्ट्राइकर रोमेलु लुकाकु ट्युनिसियाको खेलमा पनि गोल गर्ने अनुमान गरिएको छ ।
। इंग्ल्यान्डविरुद्धको खेलमा अन्तिम समय पराजित हुनु ट्युनिसियाका लागि दुर्भाग्य साबित हुदा ट्युनिसियाले बेल्जियमसँग धैर्यतापूर्वक खेल्नेछ । दोस्रो चरणमा पुग्ने आसा बाँकी राख्न ट्युनिसिलाई जित आवश्यक छ ।

दोस्रो राउन्डको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाले  मेक्सिकोको सामना गर्नेछ । खेल राति ८ः४५ बजेपछि रोस्टोभ एरिनामा हुनेछ । विश्व विजेता जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको मेक्सिको दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ । तर, मेक्सिकोले कोरियाको बलियो डिफेन्स लाइन पार गर्नुपर्ने हुन्छ ।

कोरिया पहिलो खेलको गल्तीलाई सुधार्दै मेक्सिकोलाई पराजित गरेर अघि बढ्ने योजनामा हुनेछ। बलियो डिफेन्स लाइन रहेको कोरियाले गोल स्कोरिङमा सुधार गर्न सके मेक्सिकोलाई पराजित गर्न सक्नेछ । राम्रा खेलेपनि गोल खाने र हार्ने प्रवृत्तिको कोरिया समूह चरणबाट अघि बढ्न राम्रो खेल्नुपर्नेमा दबाब छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्