कियाचु ताप्लेजुङमा सेलिङ

ताप्लेजुङ, ९ असार / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आठौं जिल्ला अधिवेशनले प्रेमकुमार सेलिङ (संगम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले सेलिङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा धनबहादुर पालुङ्वा, सचिवमा इन्दिरा मेन्याङ्बो, सहसचिव सूर्यप्रसाद लिम्बू (आलोक) कोषाध्यक्षमा रमेश मादेन चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मनु मादेन, दीपेन्द्र आङ्बुहाङ, बीबीहाङ वनेम, रोशन ताप्मादेन, केदार ताम्लिङ, चन्द्रप्रसाद तामाङ, सन्तोष चोङ्बाङ, रक्की थेबे, गणेश माबो, डम्बरबहादुर पालुङ्वा, प्रेमराज हाङ्गाम, संगीता मादेन र यामकुमारी लिम्बू रहनुभएको छ ।

यस्तै राष्ट्रिय सदस्यहरुमा : क्रमशः बालचन्द्र आङ्बुहाङ, मोहनचन्द्र साँबा र सरस्वता सिङ्गक रहनुभएको छ । कार्यसमितिमा तीनजना सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष सेलिङले जानकारी दिनुभयो ।लिम्बू समुदायको जातीय संस्था कियाचुको जिल्ला अधिवेशन केन्द्रीय सचिव चन्द्रकुमार आङ्देम्बे उपस्थितमा सम्पन्न भएको हो । शुक्रबार प्रदेशसभाका सांसद टङ्क आङ्बुहाङ (प्रभाव) ले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा आङ्बुहाङसहित प्रदेशसभाका सांसदहरु बलबहादुर साम्सोहाङ, प्रतापप्रकाश हाङ्गाम र होमकुमारी साँबाको पनि उपस्थिति रहेको थियो ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्