बेल्जियमको ट्युनिसिया माथि सहज जीत

मस्को, /  विश्वकजितेकोप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे का छन्।

 

 

खेलको छैठौं मिनेटमा गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो । ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए । तर लुकाकुले ४७ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ पार्दै विश्वकप २०१८ मा आफ्नो चौथो गोल गरे ।

दोस्रो हाफमा हाजार्डले ४७ औं मिनेटमा गर्दै स्कोर ४-१ बनाए भने परिवर्तित खेलाडी मिची ब्याटसुवायीले इन्जुरी समयमा बेल्जियमको पांचौं गोल गरे । खेल सकिन केहि क्षण बाकिं छंदा ट्युनिसियाका वाबि खाज्रिले ट्युनिसियाका लागि सान्तवना गोल गरे । यससंगै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ भने रोमेलु लुकाकु ४ गोलसंगै गोल्डेन बुटको दौडमा उभिएका छन् ।

प्रतिकृया दिनुहोस


प्रतिक्रिया दिनुहोस्