तालिवान प्रमुख नेता मौलानाको अमेरिकी आक्रमणमा निधनको पुष्टी, तालिवानद्वारा खाली पदमा नयाँ नेता चयन

पेशावार, पाकिस्तान, ९ असार / पाकिस्तानी तालिवान समूहले उक्त समूहका प्रमुख नेता मौलाना फाजलुल्लाहको गत हप्ता पहिले अमेरिकी मानवरहित युद्धक विमानको सहयोगमा गरिएको आक्रमणमा मृत्यु भएपछि नयाँ नेतृत्व चयन गरिएको छ ।

पाजलुल्लाहले सन् २०१२ मा पाकिस्तानी किशोरीहरूलाई विद्यालय जान प्रोत्साहन गर्ने अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईको असफल हत्याको निर्देशन दिएको भन्ने विश्वास छ ।
तेहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) पनि यूसुफजाई तथा करिब १०० छात्रासहित १५० जनाभन्दा बढी व्यक्तिमाथि सन् २०१४ मा गरिएको असफल हत्या प्रकरणमा दोषी मानिदै आएको छ ।
उक्त समूहले अन्तर्राट्रिय सञ्चारमाध्यम एएफपीमार्फत आफ्ना नेताको मृत्यु भएको र उहाँको स्थानमा नयाँ नेतृत्व आएको शनिबार जनाएको हो । उक्त आक्रमणमा तालिवानका अन्य दुई उच्च नेताको पनि मृत्यु भएको थियो । टिटिपीले मुफ्ती नूर वाली मेहसुदलाई नयाँ नेतृत्वमा ल्याएको जनाएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्