मेक्सिकोले कोरियालाई हराउर्दै नकआउट चरणमा प्रवेश

रोस्तोभ, / विश्वकप समूह ‘एफ’ अन्तर्गत  मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ ।

मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत  कार्लोस भेलाले गोल गर्न सफल भएका थिए ।  ६६  औं मिनेटमा चिच्चारीटो मेक्सिकोका लागि  गोल गर्दै दोबर स्कोरबनाए  । कोरियाले खेलको  ९३ औं मिनेटमा गोल सन गरे पनि  नतिजा रोक्न सकेन ।

मेक्सिकोले अघिल्लो खेलमा जर्मनीलाई १-० ले हराएको थियो, भने कोरिया स्विडेनसंग १-० ले नै पराजित भएको थियो ।   मेक्सिको ६ अंकसाथ नकआउट चरणमा प्रवेश गरेको छ । कोरियाले अंक बिहिन छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्