जर्मनीले स्वीडेनलाई हरायो

सोची, /  विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई १-० ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे ।

स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो । जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे भने इन्जुरी समयमा क्रुसले गोल गर्दै जर्मनीलाई ३ अंक दिलाए ।

२ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्