प्रधानमन्त्रीको -यालीमा शक्तिसाली बम विस्फोट, दशको मृत्यु , एक सय ५० घाइते

इथोपियाका प्रधानमन्त्री आबी अहमदको एउटा राजनीतिक -यालीमा भएको विस्फोटनमा परि दश जनाको मृत्यु भएको र १५० घाइते भएको अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्रीभएपछि पहिलो पटक आयोजित राजनीतिक कार्यक्रमअन्तर्गत राजधानी अदिस अबाबामा भएको सभालाई लक्षित गरि शनिबार भएको विस्फोटन प्रधानमन्त्री अहमदलाई लक्षित गरिएको बताइएको छ। विस्फोटनको केही समयपछि प्रधानमन्त्री अहमदले कैयौं व्यक्ति मारिएको बताएका थिए।

आफूलाई लक्षित गरि आफ्नो राजनीतिक कार्यक्रममा विस्फोट गराइएपछि प्रधानमन्त्री अहमदले इथोपियालाई एकताबद्ध भइरहेको हेर्न नचाहने समूहले असफल प्रयास गरेको बताएका छन्। विस्फोटन भएलगत्तै प्रधानमन्त्री अहमदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।

 बम विस्फोटमा परि १० जनाको मृत्यु भएको र १५० घाइते भएको ओरोमो मिडिया नेटवर्कले जनाएको छ । यसै वर्षको फेब्रुअरी महिनामा तत्कालीन प्रधानमन्त्री हेलीमारियम देसालेगनले आफ्नो पदबाट राजीनामा दिएपछि अहमद इथोपियाका प्रधानमन्त्री बनेका थिए। इथोपियाको ओरोमो जातिबाट प्रधानमन्त्री बन्ने अहमद पहिला व्यक्ति हुन्। उक्त जातीय समूहले कम्तीमा तीन वर्ष सरकार विरोधी प्रदर्शन गरेको थियो र त्यस अवधिमा सयौं मानिसको मृत्यु भएको थियो।

फेब्रअरी महिनामा प्रधानमन्त्रीको पद सम्हालेपछि अहमदले सयौं वेबसाइट र कैयौं टेलिभिजनमाथिको प्रतिबन्ध फुकुवा गर्दै विभिन्न सुधारको शृंखला सुधार गरेका छन्। प्रधानमन्त्रीका रूपमा पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका छन्। मानवअधिकार उल्लङ्घन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गर्ने गरेका छन्।

दुई वर्षको युद्धपछि इथोपियामा सन् २००० मा इरिट्रियासँग भएको शान्ति सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि आफू तयार रहेको प्रधानमन्त्री अहमदले बताउँदै आएका छन्। इरिट्रियाले पनि प्रधानमन्त्री अहमदको राजनीतिक -यालीमा भएको विस्फोटनको निन्दा गरेको बिबिसीले उल्लेख गरेको छ।

शुक्रबार मात्रै इथियोपियाको सशस्त्र विद्रोही समूहले सरकारविरुद्धको सशस्त्र विद्रोह स्थगित गर्ने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस्