६ दिने चीन भ्रमणपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश आई पुग्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश आई पुग्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो ।

चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश आई पुग्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलगायत छन् । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्