यस्तो रोचक कारण देखाउँदै प्रहरी जवानले मागे १ महिनाको विदा, भाइरल भयो निवेदन

एजेन्सी / एक प्रहरी जवानले निकै रोचक कारण देखाउँदै विदाको निवेदन दिएपछि त्यो निवेदन सामाजिक संजालमा भाइरल भएको छ । निवेदनमा ती प्रहरी जवानले आफूलाई ‘परिवार बढाउनको लागि’ विदा चाहिएको प्रस्ट शब्दमा लेखेका छन् । उनले परिवार बढाउन ३० दिनको विदा मागेका छन् ।

यद्यपि ती प्रहरी जवानले भने यो कसैले मजाक गरेको हुनसक्ने बताएका छन् । एसपीले यसको जाँचको आदेश दिएका छन् । कसैले प्रहरीको पीडा बयान गर्न यो नक्कली निवेदन बनाएर ह्वाट्सएपमा पोस्ट गरेको हुन सक्ने समेत अनुमान गरिएको छ । भारतको उत्तर प्रदेश महोबामा कार्यरत सोम सिंह नामका सिपाहीले यो निवेदन दिएका हुन् ।

निवेदनमा प्रस्ट शब्दमा परिवार बढाउनको लागि विदा चाहिएको लेखिएको छ । निवेदनको बारेमा एसपीले थाहा पाएपछि उनले ती सिपाहीलाई बोलाए । उनले भने यो निवेदन आफूले नदिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्