मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते हुनुभएका छ । घाइते तामाङलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको छ ।

पूर्व–पश्चिम राजमार्गमा स १ त ४४९३ नं को रोकी राखेको ट्र्याक्टरमा कटेल सवार अनटेस्ट लेखिएको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्