प्रिय खेलाडी मेस्सीलाई भेट्न भारतदेखि रुससम्म साइकलमा

बिबिसि /  क्लिफिन फ्रान्सिस दक्षिणी भारतस्थित आफ्नो घरमा बसिरहेका थिए जब साथीले उनी विश्वकपमा जाँदैछन् कि भनेर सोध्दा। ‘पक्का’, उनको जवाफ थियो। ‘त्यस्तो रोचक प्रतियोगिता हेर्न रुस जान सक्छु।’ यो गत अगस्टको कुरा हो। तर उनलाई थाहा थिएन उनले कसरी आफू बस्ने केरलाबाट रुससम्म जाने हवाई टिकटको जोहो गर्छन्।

फ्रान्सिस गणितका शिक्षक हुन् र दिनको ४० डलर कमाउँछन्। ‘मलाई पछि लाग्यो मसँग रुससम्म जान र त्यहाँ एक महिनासम्म बस्नका लागि पर्याप्त पैसा हुनेछैन। त्यसपछि मैले आफैँलाई सोधेँ, यात्रा गर्न सबैभन्दा सस्तो तरिका के हुनसक्छ रु उत्तर थियो( ‘साइकल।’ साथीहरूले उनलाई पत्याएनन्, तर त्यतिबेलासम्म उनले आफ्नो सोच बनाइसकेका थिए। २३ फेब्रुअरीमा, उनले एउटा ठूलो यात्रा सुरु गरे र दुबईसम्मको हवाई यात्रा गरे। त्यसपछि इरानसम्म समुद्रीयात्रा। तर त्यहाँबाट पनि रुसको राजधानीसम्म पुग्न साइकलमा अझै ४२ सय किलोमिटर लाग्थ्यो।

वास्तवमा मेस्सीको समस्या के हो ?

ती सबैको उपलब्धि हुनेछ यदि उनले अन्त्यमा आफ्ना प्रिय खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सीलाई हेर्ने मौका पाए भने जो सम्भवतस् विश्वका उत्कृष्ट खेलाडी हुन्। फ्रान्सिसले बीबीसीलाई भने, ‘मलाई साइकल चलाउन मनपर्छ र फुटबलबारे निकै उत्साही छु। मैले सामान्य रूपमा आफ्ना दुई रुचीलाई पछ्‌याएको हुँ।’

उनले पाकिस्तान हुँदै यात्रा गर्ने योजना बुनेका थिए। तर भारतसँग पाकिस्तानको तनावपूर्ण सम्बन्ध रहेकोले उनी त्यो योजनाबाट पछि हटे। ‘योजना परिवर्तन गर्दा मलाई धेरै घाटा लाग्यो। मैले दुबईसम्म साइकल लैजान सकिनँ। त्यसैले त्यहाँ ७ सय डलर पर्ने नयाँ किन्नुपर्यो। लामो दुरीको यात्राका लागि यो साइकल पनि उत्कृष्ट होइन तर मैले किन्न सक्ने यो मात्रै थियो,’ उनले भने।

तर उनलाई अलि हतोत्साही बनाउने उनको यो अस्थायी सोच उनले ११ मार्चमा बण्दर अब्बासस्थित इरानी बन्दरगाहमा प्रवेश गरेलगत्तै बिर्सिए। ‘यो विश्वको सबैभन्दा सुन्दर देश हो र मानिसहरू असाध्यै स्वागत गर्ने खालका छन्। मैले यो देशमा ४५ दिन बिताएँ तर जम्मा दुई दिनमात्रै होटलमा बसेँ।’ फ्रान्सिससँग खर्च गर्नका लागि दिनको जम्मा १० डलर थियो। तर इरानमा उनी जहाँ पनि गए मानिसहरूले उनलाई घरमा बस्न र खान निम्ता दिए। ‘इरानबारेको मेरो धारणा नै परिवर्तन भयो। मैले महसुस गरेँ कि भू९राजनीतिलाई आधार मानेर कुनै पनि देशबारे धारणा बनाउन हुँदैन।’

उनी स्पष्ट रुपमा त्यहाँको नाटकीय खालका दृश्यहरू सम्झन्छन्। ‘इरानको शहरी इलाकाबाहिरको भू९भाग निकै सुन्दर भएकाले साइकल चलाउन कम सकसपूर्ण भयो। म फेरि त्यहाँ पक्का जान्छु।’ ‘उनीहरूले मलाई रुसमा इरानको टोलीको समर्थन गर्न कसम खुवाए। उनीहरू पनि हिन्दी फिल्महरू मन पराउँछन् र त्यसले गर्दा धेरै ठाउँमा मानिसहरूसँग कुराकानी सुरु गर्न मद्दत गर्यो।’

‘फुटबल र फिल्मले विश्व जोड्छ भनेको साँच्चै नै हो।’ त्यसपछिको अर्को गन्तव्य अजरबैजान थियो, जहाँ सीमा प्रहरीहरूलाई उनको यात्रासम्बन्धी कागजात पुष्टि गर्न समस्या भयो। यस्तो हुनुको कारण थियो उनले निरन्तर रुपमा साइकल चलाइरहँदा धेरै वजन घटाइसकेका थिए। ‘मेरो पासपोर्टमा भएको फोटोजस्तो म देखिइनँ। प्रहरीले मेरो विवरण पुष्टि गर्न आठ घण्टाभन्दा बढी समय लगाए तर उनीहरूले मलाई राम्रो व्यवहार गरे।’

फ्रान्सिससँग अजरबैजानमा होटलमा बस्न खर्च थिएन। त्यसैले उनले धेरै पार्कहरूमै पाल हालेर बसे। ‘यहाँ पनि मानिसहरू राम्रो व्यवहार गर्थे तर उनीहरू नचिनेको मान्छेसँग खुलिहाल्न समय लगाउँथे। मैले राजधानी बाकुमा बस्ने केही भारतीयहरू भेटेँ। र, केही समय उनीहरूसँगै बसेँ।’ फ्रान्सिस जर्जिया पुगे पनि फेरि फर्किनुपर्यो। आफ्नो योजना बदलेर उनी झण्डै मस्को पुगिने आधा बाटो फर्किए। ‘मसँग सबै कागजात थियो तर पनि खै किन हो मैले प्रवेश पाइनँ। त्यसले मलाई निकै अनिश्चित अवस्थामा पुर्‍यायो किनभने मसँग अजरबैजान प्रवेश एकपटक मात्रै गर्न पाउने भिजा थियो।’

फ्रान्सिस जर्जिया र अजरबैजानबीचको दशगजा क्षेत्रमा एकदिन अड्किए। उनलाई अन्ततस् अजरबैजानमा पुनस् प्रवेश गर्न तत्काल भिजा दिइयो। ‘मैले त्यसपछि रुस प्रवेश गर्न अर्को बाटो खोज्नुपर्यो। मलाई कसैले भनेको थियो कि रुसको डागस्टान क्षेत्रको सीमा अजरबैजानसँग जोडिएको छ’, उनले भने। ‘म त्यहाँ प्रवेश गर्न सुरक्षित छैन भन्ने सोच्दै नसोची गएँ। तर मसँग फर्किने विकल्प पनि थिएन र म जुन ५ मा डागस्टान प्रवेश गरे।’

डागस्टानमा मानिसहरूले बिरलै अङ्ग्रेजी बोल्ने भएकोले त्यहाँ भाषाको ठूलो समस्या रहेको उनले बताए। ‘मानिसहरू उनीहरूको क्षेत्रमा एकजना भारतीय साइकल चढेर छिरेको देख्दा अच्चमित हुन्थे। मैले फेरि पनि फुटबल र फिल्मको विश्वव्यापी भाषा प्रयोग गरेर मानिसहरूलाई कुरा गर्न सहज बनाएँ।’ फ्रान्सिस अहिलेसम्म मस्कोबाट ४६० किलोमिटर दक्षिणमा पर्ने ट्याम्बोफ पुगेका छन्। उनी फ्रान्स र डेनमार्कबीच हुने प्रतियोगिता हेर्नका लागि जुन २६ मा राजधानी पुग्नुपर्नेछ।

‘मैले यही खेल हेर्नका लागि मात्रै टिकट मिलाउन सकेँ।’ ‘तर म आर्जेन्टिनालाई समर्थन गर्छु र लिओनेल मेस्सी मेरा मनपर्ने खेलाडी हुन्। म उनका लागि प्रार्थना गर्छु। उनीसँग भेट्ने मेरो सपना छ र म मेरो साइकलमा उनलाई हस्ताक्षर गरिदिन भन्छु।’ क्लिफिन फ्रान्सिसको आशा छ( उनको यो यात्राले मानिसलाई फुटबल र तन्दरुस्त हुनुपर्नेबारे प्रेरणा दिनेछ। ‘मेरो चाहना कुनै दिन भारतले विश्वकप खेलेको हेर्नेछ। र त्यो तबमात्रै हुनेछ जब धेरै बालबालिकाहरू भारतमा फुटबल खेल्नेछन्। म हामीले अर्को २० वर्षमा मौका पाउँछौं की भन्नेमा आशावादी छु।’

‘म अर्को पनि आश गरिरहेको छु कि मानिसहरूलाई मेरो कथा पढेपछि पनि साइकल चलाउन मन लाग्नेछ।’ ‘साइकलले परापूर्वकालका मानिसहरूको आवश्यकता के थिए भन्ने समयमा पुर्याउँछ। दिनको अन्त्यमा तपाईँलाई चाहिने भनेको आखिर नुहाउनका लागि पानी, पाल टाँग्नका लागि राम्रो ठाउँ र मिठो खाना। त्यतिले तपाईँलाई खुसी बनाउँछ।’ ‘मेरो यात्रा सकिँदा मैले भारतमा फुटबल खेल्नका लागि एकजना मात्रै बालकलाई प्रेरित गर्न सकेँ भने पनि मलाई त्यसले खुसी बनाउनेछ।’


प्रतिक्रिया दिनुहोस्