जापान र सेनेगलले बराबरी खेले

इकाटिरनबर्ग, /  विश्वकप समूह ‘एच’ को तेस्रो खेलको पहिलो हाफमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् ।

सेनेगलका लागि खेलको ११ औं मिनेटमा कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल बराबर पारेका हुन् । फेरी ७१ औं मिनेटमा वगुएले  गोल गर्दै टोलीलाई अग्रता दिलाए । जापानले  ७८ औं मिनेटमा गोल गर्दै खेल बराबर पारेका हुन् । जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्यान्डलाई हराएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्