विश्व कपमा समूह चरणका सर्वाधिक गोलकर्ता ह्यारी केन

मस्को, /   विश्वकप फुटबलमा समूह चरणका ३२ खेलहरु सकिएका छन् । आठ टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

रसिया, उरुग्वे, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।  इजिप्ट, साउदी अरेबिया, मोरक्को, पेरु, कोस्टारिका, ट्युनिसिया, पानामा र पोल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । समूह चरण अन्र्तगत आजबाट तेस्रो तथा अन्तिम चरणका खेलहरु शुरु हुनेछ । आज समूह ‘ए’ र ‘बी’ का चार खेलहरु हुनेछन् ।

एकै समयमा उरुग्वेले रसियाविरुद्ध खेल्दा इजिप्टले साउदी अरेवियाको सामना गर्नेछ । खेल ७ः४५ बजेपछि हुनेछ । स्पेनले मोरक्को विरुद्ध खेल्दा सोही समय अर्थात ११ः४५ बजे इरान र पोर्चुगलबीच खेल हुनेछ ।

सर्वाधिक गोलकर्ता
५ गोल – (ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल – (रोमेलु लुकाकु–बेल्जियम) (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल),
३ गोल -(डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल  – (फिलिपे कौटिन्हो–ब्राजिल), (अर्टिम ज्युुभा–रसिया), (इडेन हजार्ड–बेल्जियम)  (जेडिनाक–अष्ट्रेलिया), (लुका मोड्रिक–क्रोएसिया),  (अहमेद मुसा–नाइजेरिया),  र (जोन स्टोन–इंग्ल्यान्ड) रहेका छन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्