उरुग्वेले रुसविरुद्ध ३-0 को जीत

मस्को, /  विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध ३-० को जीत लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् ।

खेलको १० औं मिनेटमा लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । खेलको ९० औं मिनेटमा ९० कवानीले गोल गर्दै ३-० बनाए । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको हो ।

 

अर्को खेलमा, साउदी अरेबियाले इजिप्टलाई २-१ जीत लिएको छ । ४५ वर्षे एल हाड्रि विश्वकपमा खेल्ने सबैभन्दा जेठो खेलाडी पनि बनेका छन् । उरुग्वे र रुस यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसके भने साउदी अरेबिया र इजिप्ट प्रतियोगिताबात बाहिरिसकेका छन् ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्