समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

मस्को, / विश्व कप समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका नकआउट चरणमा पुगेका छन् । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले ।

३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक छ । बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि क्वार्टरमा स्पेनले उपविजेता रसिया तथा पोर्चुगलले समूह एको विजेता उरुग्वेको सामना गर्नेछ । खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बराबरी गरे । त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । इरानी गोलकिपरले रोकेका थिए ।

अर्को खेलमा स्पेनले मोरोक्कोलाई बराबरी गरेको थियो । रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४ औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि इस्कोले बराबरी गोल फर्काएका थिए । ८१ औं मिनेटमा युसेफ इन नेन्रीको हेड गोलमा मोरोक्कोले पुनः अग्रता लियो । तर इन्जुरी समयमा इगो आसपासले गोल फर्काएँदै स्पेनलाई हारबाट जोगाएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्