दुनियाँ चकित हुनेगरी यी स्टारले भनिन् –फुर्सदको समयमा बेश्यावृति गर्छु

सर्वियाकी रियालिटी टीभी स्टार सेनाडा नुर्किक आफ्नो पछिल्लो अभिव्यक्तिले संसारभर चर्चामा छिन् ।

२४ बर्षका सेनाडाले खुलासा गरेकी छिन कि उनले खाली समयमा बेश्यावृति गर्छिन । उनले यो पनि भनेकी छिन कि, उनी सुन्दर पुरुषसँग मात्र सम्बन्ध बनाउँछिन् । हाई प्रोफाइल राजनीतिज्ञ उनका ब्वाय फ्रेन्ड छन् । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिन्छ । तर, सेरानालाई यसको केही फरक पर्दैन । उनले आफ्ना हाईप्रोफाइल राजनीतिज्ञ व्याय फ्रेन्ड रहेको बताइन् , सोही कारण उनको गिरफ्तारी नभएको मिडियाको भनाई छ । उनले धम्की पनि दिएका छिन्–मलाई गिरफ्तार गरियो भने मसँग भएका सवै सम्बन्ध खुलासा गरिदिन्छु । सेनाडाले आफुले हाईप्रोफाइल मानिसँग मात्र सम्बन्ध राख्ने गरेका स्पष्ट पारिन । उनले जोसँग सम्बन्ध राख्छिन्, ती सवै धनी मानिस छन् ।

उनले केही केटीले धनी र राम्रो मान्छेसँग सम्बन्ध राख्न चाहने गरेको तर त्यो सपना पुरा नहुने गरेको पनि सुनाइन् । उनले आफुलाई ग्राहकबाट महंगा उपहार पनि मिल्ने गरेको बताइन् । उनी जिन्दगीमा धेरै पैसा कमाउन चाहन्छिन् । अहिले जे गरिरहेकी छिन्, त्यसबाट उनलाई धेरै पैसा आएको पनि उनले सुनाइन् । उनले आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको पनि दावी गरेकी छिन् ।

-एजेन्सी 


प्रतिक्रिया दिनुहोस्