फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश

मस्को, /  विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।

अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग २-o को नतिजा लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । नतिजासंगै ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ । पेरुले ३ अंक आफ्नो खातामा जोड्यो भने अष्ट्रेलियाले १ अंक मात्र जोड्न सफल रह्यो ।

अब फ्रान्सले समूह ‘डी’को उपविजेता र डेनमार्कले समूह ‘सी’को विजेताको सामना गर्ने छन् । समूह ‘डी’ का अन्तिम खेलहरु आज ११.४५ बजे खेलिंदैछन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्