पूर्वमा भेटिए अच्चमका युवा, जिब्रोले निधार छुने उनको फिल्म खेल्ने रहर

मोरङ, उर्लाबारी  / मोरङ ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्‍याएर सबैलाई अचम्भित बनाएका हुन् ।

सामान्य मानिसलाई आफनो जिब्रोलाई नाकको टुप्पोसम्म पुर्याउनु नै धौ धौ पर्छ ।  उनी आफनो जिब्रोलाई निधारसम्म पुर्याउन सक्छन । उनको नाकको डाँडी सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्किने गरेको उनी बताउँछन । बाल्यकालदेखि नै नाक सानो रहेको भएपनी केहि समस्या नभएको तर केहि समय यता भने किरा निस्कन थालेको उनी बताउँछन ।

आर्थिक अवस्था कमजोर भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएपनि निको भएको छैन । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दाँतको नाममा एउटा मात्र रहेको छन् । गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताए । उनलाई आफूभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर रहेको छ ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्