चार बोतल भोड्का, काम मेरो सधैंको, फेरि फोनमा दनादन गाली

भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीचको विवाद निकै पुरानो भइसक्यो। तर, द्वन्द्व चाँही अहिले पनि जारी छ। सुनील ग्रोवरले कपिलसँग जुन दूरी बनाएका छन्, त्यो आज पनि जारी छ। मदिराको लतले कपिलको ग्राफ बलिउडमा सबैभन्दा तल पुर्याइदियो। कुनै पनि कलाकार कपिलसँग काम गर्न तयार छैनन्।

ती मध्ये एक नाम सुनील ग्रोवरको पनि हो। एकवर्ष पहिला अष्ट्रेलियाबाट भारत फर्किँदै गर्दा कपिल शर्मा र सुनील ग्रोवरबीच जहाजमा नै झगडा भएको थियो। त्यसपछि दुवैले एक अर्कासँग काम गर्न छोडेका थिए। कपिलको खराब पानीका कारण अन्य कमेडियन कलाकारले पनि कपिलको साथ छोडे। त्यसपछि कपिल फ्यामिली टाइम विथ कपिल नामको शो लिएर पनि आए। तर, उक्त शो तेस्रो एपिसोड पछि नै बन्द भयो। त्यसपछि कपिल शर्माको शो जति चाँडो माथि उठेको थियो, त्यसैगरी तल पनि झर्यो। शोको डाउन टिआरपीका कारण शो मेकरले शो बन्द गरे। बीचमा कपिलले अन्य शो पनि ल्याएका थिए। तर दर्शकले सुनील ग्रोवर विनाको शोलाई मन पराएनन्।

यतिबेला सलमान खानको शो ‘दशका दम’ को टिआरपी पनि डाउन चलिरहेको छ। जसका कारण शोका निर्माता तनावमा छन्। सलमान यतिबेला भारत बाहिर छन्। त्यसपछि शो निर्माताले शोलाई रमाइलो बनाउन सोनीकातर्फबाट सुनील ग्रोवरलाई शोमा आउन निम्ता पठाइयो। जहाँ अर्को हप्ता शोमा सुनील ग्रोवर देखापर्ने भएका छन्। दशका दममा सुनील ग्रोबरलाई बोलाएको थाहा पाएपछि डिप्रेशनसँग जुधिरहेका कपीलको पारो तात्यो। र उनले सुनील ग्रोवरलाई फोन गरेर गाली गर्न थाले। कपिल फोनमा कति गाली गर्न सक्छन् भन्ने कुराको अनुमान त हामी सबैले सुनेकै छौं। जतिबेला उनले पत्रकारलाई फोनमा गाली गरेका थिए।

भारतीय संचारमाध्यमका अनुसार सो विषयलाई लिएर कपिल र सुनीलबीच केही घण्टासम्म कुराकानी भएको थियो। उनीहरुबीचको कुराकानी सार्वजनि भने भएको छैन। तर सुनील दशका दम शोमा आउनु र कपिलले सुनीलाई फोन गरेर गाली गर्नु संयोगमात्र नहुन सक्छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्