विश्व कपमा आज जर्मनी र ब्राजिललाई  चुनौति

मस्को, /  विश्व कपको समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ ।  खेल राती ११ः४५ बजे सुरु हुनेछन् ।

समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले साविक विजेता जर्मनीको सामना गर्नेछ । खेल राती साँझ ७ः४५ बजे हुनेछन् । कोस्टा रिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल, स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा छ । शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्ड को समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।

यस्तोमा ब्राजिल र सर्बियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ‘एफ’ समूहमा मेक्सिको ६ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया बाहिरिसकेकोले अघिल्लो चरण पुग्न बाँकी ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्