स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा: उपप्रधानमन्त्री यादव

काठमाडौँ / उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले स्वच्छ भोजन, स्वच्छ पानी र स्वच्छ जीवनयापनले मानिसलाई रोग लाग्नबाट बचाउने भएकाले स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएकाले त्यसमा गुणस्तर र सहज पहुँचका लागि आवश्यक तयारी गरिने बताउनुभयो ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको व्यवस्थापन, सहज पहुँच र औषधि व्यवस्थापनका लागि सरकारबाट प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता रहेकामा जोड दिँदै उहाँले प्रत्येक वडामा अस्पताल पु¥याउने सरकारको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले १५ श्यया सम्मको अस्पताललाई स्थानीय तहबाट व्यवस्थापन गर्ने र प्रादेशिक तथा केन्द्रीय अस्पतालको अवधारणाका साथ सरकार अघि बढेकाले स्वास्थ्य सेवा आगामी दिनमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, सुरिताकुमारी गिरी, डा सूर्यप्रसाद पाठकलगायतले थप स्पष्टीकरण माग्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्