ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा

मस्को /   ब्राजिल र स्विट्जरल्यान्ड समूह  ‘इ’को नकआउट चरणमा पुगेको छ ।  ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए ।

स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए । समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टा रिकाले १ अंक जाडे । ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे ।

पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।  एजेन्सी

 

 


प्रतिक्रिया दिनुहोस्