बसन्तले ‘तिमी म सँग किन रिसाउँछौं’ बोलको गीतसँगै आफ्नो संगीतको यात्रा तय गरे [अन्तर्बार्ता सहित]

अरुण पोष्ट संबाददाता

काठमाडौं, १४ अषाढ / सुमधुर स्वरका धनि गायक बसन्त नाछिरिङ राईले ”तिमी म सँग किन रिसाउँछौं” बोलको गीत सँगै आफ्नो संगितीक यात्रा तय गरेका छन् । गीत संगीतमा सानैबाट चासो राख्ने बसन्तले आफनो पहिलो गीत आफ्नै सब्द र संगीतमा गाएका हुन् ।

सोलुखुम्बुमा जन्मिएका बसन्तले यो भन्दा अगाडी कुनै गीतहरु रेर्कड नगराएता पनि अन्य सांगीतीक कार्यक्रमहरुमा भने गीत गाउने गर्थे । करिव एक दशक अगाडी काठमाडौं छिरेका बसन्त ब्यावहारिक कारणले केहि ढिलो सांगीतीक क्षेत्रमा प्रवेष गरे पनि अन्तत उनले आफ्नो पहिलो गीत रेर्कड गराएरै छाडे । उनले यो गीत सँगै अन्य दुई वटा गीतहरु पनि रेर्कड गराइ सकेका छन् । आफनो पहिलो गीतमा आफैले संगीत भरेका उनले करीब दुई वर्ष अगाडिबाट संगीत सिकिरहेका छन् । गीत गाउनको अलवा शब्द, संगीत पनि आफै गर्ने भएका कारण उहाँ आफुलाई म्युजिक लभर भनेर पनि चिनिन रुचाउँछन् । सानै उमेरबाट शब्द लेख्ने गरेता पनि गीत गाउन बढी रुचाउने बसन्तले संगीतमा भने यो क्षेत्रमा घुलमिल भए पछि बिस्तारै चासो राख्न थालेका हुन् । सांगीतीक क्षेत्रमा लाग्दा परिवारबाट राम्रो सहयोग पाएका उहाँले यहि क्षेत्रमै जिवन सर्मपित गर्ने बताउँछन् ।

उहाँको पहिलो गीत तिमी मसँग किन रिसाउँछौं सँगै पाँच वटा गीत रेर्कड हुने तयारीमा छ । उहाँले गीत संगीत सँगै ब्यावसाय पनि गर्दै आएका छन् । बहुप्रतिभाशाली गायक बसन्तको यो गीतले श्रोताको मन अवस्य जित्न सक्ने आसा गर्न सकिन्छ । गायक बसन्तलाई यो गीत र उहाँको सांगीतीक क्षेत्रलाई सफल्ताको शुभकामना ।

                                                                 -अन्तर्बार्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://https://youtu.be/mEnt5Ma5bQQ


प्रतिक्रिया दिनुहोस्