यस्तो अवस्थामा भेटिए कपिल, सबैलाई चकित पार्ने बनाए लुक्स

एजेन्सी / पटक पटक विवादमा तालिएका कमेडी किङ कपिल शर्मा पछिल्लो समय एकाएक गाएब भए। उनी सम्पर्कविहिन भएपनि धेरैले उनका बारेमा बुझने प्रयास गरेका थिए, तर पाएका थिएनन्।

हालै कपिल शर्मा एकाएक एयरपोर्टमा देखिए। एयरपोर्टमा भेटिएका कपिलको वजनले धेरैलाई अचम्मित तुल्याएको छ। उनले कला क्षेत्र छोडेर पूरै समय आफ्नो स्वास्थ्यमा खर्चिएका रहेछन्। पटक पटक विरामी पर्ने कपिल तस्वीरमा निकै स्वस्थ्य र वजनदार देखिएका छन्। रिपोर्टका अनुसार कपिल यतिबेला ग्रीसमा बस्दै आएका छन्। उनले ग्रीसमा आफ्नो स्वास्थ्यको निकै ख्याल राखेका छन्। हेल्दी खाना खानुका साथै कपिलले स्ट्रेस फ्री लाइफ बिताइरहेका छन्।

ग्रीसमा चाडै नै कपिलकी प्रेमिका गिन्नी पनि जानेछिन्। पटक पटक विरामी भइरहने कपिलले पछिल्लो समय आफ्नो पूरै लाइफ स्टाइल बदल्ने प्रयास गरिरहेका छन्। कपिल शर्माको वापसी उनका फ्यानले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्