दुवै खेलको पहिलो हाफमा गोलरहित बराबरी, जापानको सम्भावना यथावत

भोल्गोग्राड (एजेन्सी) / विश्व कपको समूह ‘एच’ का अन्तिम अलग अलग दुई खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियाली राष्ट्र जापान र पोल्यान्डबीच एउटा खेल भइरहेको छ भने अर्को खेलमा कोलम्बियाले सेनेगलको सामना गरिरहेको छ ।

दुवै खेल अहिलेकै अवस्था गोलरहित बराबरीमा टुंगिएमा जापान र सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेछन् । जापान अघिल्लो चरण पुग्न सफल भएमा जारी विश्व कपको नकआउट चरण पुग्ने जापान एक्लो टोली हुनेछ । त्यो अवस्थामा कोलम्बिया विश्व कपबाट बाहिरिनेछ ।

पोल्यान्ड भने सुरुवाती दुई खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरि सकेको छ । समूह चरणका २ खेलको समाप्तीमा शीर्षस्थानको जापान र दोस्रो स्थानको सेनेगलको समान ४ र कोलम्बियाको ३ अंक छ । पोल्यान्ड २ खेलमा अंक विहिन छ ।


प्रतिक्रिया दिनुहोस्