कोलम्बिया र जापान नकआउट चरणमा प्रवेश

भोल्गोग्राड / विश्व कपको समूह ‘एच’ का अन्तिम खेलमा पोल्यान्डले जापानलाईै १-० गोलले हराउन सफल भएको छ ।

अर्को खेलमा कोलम्बियाले सेनेगललाईै सामना १-० गोलले हराउन सफल भएको छ । कोलम्बिया र जापान नकआउट चरणमा प्रवेश भएको छ । सेनेगल र पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । जापान र सेनेगलले ३ खेलमा बराबरी ४ अंक, बराबरी ४ गोल गरेर तथा बराबरी ४ गोल खाएपछि फेयर प्लेका आधारमा जापान अगाडि बढेको हो । जापानले ३ खेलमा ४ वटा पहेलो कार्ड पाउँदा सेनेगलले भने ६ वटा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो ।

पहिलो खेलमा जापानसँग २–१ स्तब्ध भएपछि दबाबमा रहेको कोलम्बिया अर्को खेलमा पोल्यान्डलाई हराउँदै प्रतिस्पर्धामा फर्केको थियो । पोल्यान्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको सेनेगल जापानसँगको दोस्रो खेलमा २–२ को बराबरीमा रोकिएको थियो । समूह चरणका  खेलको समाप्तीमा शीर्षस्थानको कोलम्बिया  र दोस्रो स्थानको जापान अन्तिम १६ मा प्रवेश भएको छ । एक मात्र एसियाली टिम जापान  हारेर पनि अन्तिम १६ मा प्रवेश भएको छ । सेनेगल र पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्