विश्वकप समूह [जी] मा बेल्जियम विजेता इङल्यान्ड उपविजेता

लनइनग्रा, /  विश्व कपको समूह ‘जी’को खेलमा  इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम  विजेता बनेको छ ।

एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा नजिता निकाल्न सफल भएको हो, समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।

समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए । समूह ‘जी’कै अर्को खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो ।

ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्