आज नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं /  फिफा विश्वकप २०१८ का समूह चरणका खेलहरु  सकिएको छ ।  विश्वकपको नकआउटमा यसपाली केही ठूला र आशा गरिएका टोली साविक विजेता जर्मनी प्रवेश गर्न पाएका छैन ।
नकआउटसम्म आइपुग्दा सबैभन्दा धेरै अंक उरुग्वे, क्रोएसिया र बेल्जियमसँग  समान ९/९ अंक छ । यता सबैभन्दा कम अंक भने अर्जेन्टिना र जापानसँग समान ४/४ अंक छ ।
नकआउट चरणको उद्घाटन खेलमा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । नक आउट खेल र नेपाली समय तालिका
अर्जेन्टिनाविरुद्ध फ्रान्स– शनिबार राति ७-४५ बजे
उरुग्वेविरुद्ध पोर्चुगल– शनिबार राति ११-४५ बजे
स्पेनविरुद्ध रसिया–आइतबार राति ७-४५ बजे
क्रोएसियाविरुद्ध डेनमार्क– आइतबार राति ११-४५ बजे
ब्राजिलविरुद्ध मेक्सिको– सोमबार राति ७-४५ बजे
बेल्जियमविरुद्ध जापान– सोमबार राति १-४५ बजे

प्रतिक्रिया दिनुहोस्