आज फ्रान्सविरुद्ध अर्जेन्टिना, उरुग्वेविरुद्ध पोर्चुगलले खेल्दै

मस्को, /  विश्व कपमा पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।

 

नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो । सुरुवाती दुई खेलमा कमजोर खेल प्रादसन गरेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र फ्रान्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । फ्रान्स विरुद्ध पनि उनको त्यहि लयले निरन्तरता जरुरी रहेहेको । फ्रान्सको चुनौतिलाई पार गर्न पक्कै सहज हुने छैन । मेस्सी लयमा देखिए भने अर्जेन्टिनालाई रोक्न पनि सहज हुने छैन । नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने खेलमा फ्रान्सेली टोलीको मुख्य ध्यान मेस्सीलाई रोक्ने छ ।

नकआउट चरणमा शनिबार पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । रोनाल्डाले समूह चरणका सुरुवाती खेलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ मा जित र २ मा बराबरी गर्दै टोली नकआउट चरणमा पुगेको थियो । खेल राती ११ः४५ बजे सुरु हुनेछ ।  रोनाल्डोको टोलीले लुइस स्वारेज र इन्डिसन काभानीको टोलीको सामना गर्नुपर्नेछ ।तर पनि फर्नान्डो सान्तोषको पोर्चुगलले अघि बढ्नेमा आशावादी छ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्