उपत्यकाको डिल्लीबजारमा एटिएम तोडफोड

काठमाडौं / उपत्यकाको डिल्लीबजारस्थित हिमालय बैंकको एटिएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कञ्चनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगुनासहितका २ जनाले गए राति एटिएमको लाइट र सिसिटिभी निकाली एटिएम बक्स फोड्ने क्रममा बैंकको सेक्युरिटी गार्डले देखी तत्काल प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ठगुनालाई पक्राउ गरेको हो । फरार अर्का व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्