पानी जहाज दुर्घटनामा परेका चारको शव भेटियो, सय जना बेपत्ता

अल हमिदिया, लिविया / लिवियाको सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी निधन भएका कम्तीमा तीन जनाको शव भेटिएको छ ।

आप्रवासीहरू सवार डुङ्गा शुक्रबार दुर्घटनामा परेको र अन्य एक सय जना बेपत्ता भएको उद्धार कार्यमा खटिएकाहरूले बताएका छन् । डुङ्गामा झण्डै १२० जना यात्रु रहेको र १६ जनालाई मात्रै उद्धार गरिएको बताइएको छ । बेपत्ता भएकामध्ये दुई शिशु र तीन बालबालिका १२ बर्षमुनिका रहेका जनाइएको छ ।

राजधानी त्रिपोलीदेखि पूर्वतर्फ पर्ने गाराबौलिबाट गन्तव्यतर्फ प्रस्थान गरेको केहीबेरमै डुङ्गा दुर्घटना भएको थियो । पानीजहाजमा अकस्मात आगलागी भएपछि दुर्घटना भएको बताइएको छ ।
पानी जहाजमा मोरोक्को र यमनका नागरिकहरू सवार रहेको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्